Logo

प्रधानमन्‍त्रीको स्वास्थ्य स्थिर केही दिन अस्पतालमै



काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मंगलबार बिहान सफल शल्यक्रिया भएको हो।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीसहितको टोलीले शल्यक्रिया गरेको हो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा। अरुण सायमीका अनुसार शल्यक्रियापछि प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै बस्नुपर्ने हुन्छ। पेट दुख्ने समस्या भएपछि स्वास्थ्य परीक्षणका लागि त्रिवी टिचिङ अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस भएको भेटिएपछि शल्यक्रिया गरिएको हो। ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा पुगेका हुन्।

मिर्गौलापीडित प्रधानमन्त्री ओलीको अचानक एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेपछि केही दिन अस्पतालमै आराम गर्नुपर्ने देखिएको चिकित्सकको भनाइ छ। एपेन्डिसाइटिसको शल्यक्रियापछिको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे साँझ ७ स् ३० बजे अस्पतालले दोस्रो पटक विज्ञप्ति सार्वजनिक गरेको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा।डा उत्तम कृष्ण श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्यमा समस्या आई आज मिति २०७६र८र१० गते मंगलबार बिहादेखि यस सेन्टरमा उपचाररत रहनु भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीयज्यूको शल्यक्रिया पश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा जानकारी गराइन्छ ।’ मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ। उनको चौथो पटक आइतबार ९मंसिर ८ गते० ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको थियो।

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको हो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ। गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो। मिर्गौलाको कार्यक्षमतामा सुधार देखिएपछि सचिवालय र मन्त्रिपरिषद्का काम कारबाही एवं बैठकमा उनी सक्रिय छन्। २५ दिनको अवधिमा आइतबार चौथो पटक डायलासिस गरिएको हो। ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन्।

गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो। १२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको उनका सहयोगी चिकित्सकको भनाइ छ। नियमित डायलासिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा चिकित्सक निर्णयमा पुग्न सकेका छैनन्। चिकित्सकले यो विषयमा छलफल भने गरिरहेको स्रोतको दाबी छ। एपेन्सिसाइटिसको शल्यक्रियाले तत्कालका लागि प्रधानमन्त्रीको मिर्गौला पत्यारोपण भन्दा डायलासिस नै उचित उपचार विधि हुने एक चिकित्सकको भनाइ छ।

अहिले प्रधानमन्त्री ओलीलाई असहज महसुस भए मात्र डायलाइसिस गरिँदै आएको छ। मिर्गौला पूर्णरूपमा फेल भएपछि सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। प्रधानमन्त्रीको मिर्गौलाले काम गरिरहे पनि सुधारोन्मुख अवस्थाबारे सूक्ष्म ढंगले निगरानी भइरहेको चिकित्सकले बताएका छन्। प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो। मेसिनको सहायताले रगतमा भएको फोहोर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फालेर रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस हुन्छ।

के हो एपेन्डिक्स रु
एपेन्डिक्स नामक आन्द्रामा संक्रमण भएपछि यो रोग लाग्ने गर्छ। शरीरमा रहेको छोटो र पातलो थैलीलाई एपेन्डिक्स भनिन्छ। यो मलद्वारसँग जोडिएको हुन्छ। एपेन्डिसाइटिस हुनुभन्दा पहिले व्यक्तिको पेट पटक(पटक दुखिरहन्छ। दुखाइ विस्तारै पेटको तल्लो दाहिने भागमा सर्ने गर्छ, जहाँ एपेन्डिक्स हुन्छ। दुखाइ विस्तारै बढ्दै जान्छ। कहिलेकाही यो केही समयका लागि आफै निको पनि हुन्छ।फेरि बढ्छ। एपेन्डिसाइटिस हुने व्यक्तिमा भोक कम लाग्ने, वाक वाकी लाग्ने, पेट दुखिरहने र अनुहार रातो देखिने समस्या आउँछ। एपेन्डिसाइटिसको लक्षण थाहा भएमा छिटो शल्यक्रियाको आवश्यकता पर्छ। पेटको दुखाइ सही नसक्ने लामो समयसम्म दुखिरहेमा एपेन्डिक्स फुट्ने संभावना बढी हुन्छ। यस्तो अवस्थामा चिकित्सकले छिट्टै शल्यक्रिया गर्न सल्लाह दिन्छन्। एपेन्डिसाइटिस दुई प्रकारका हुन्छन् ।

क्रोनिक एपेन्डिसाइटिस

यसको दुखाइ लामो समयसम्म भइरहन्छ। क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा असर गरेपछि यसको लक्षण देखापर्छ। एपेन्डिक्स संक्रमण भए विस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ।बिरामीलाई उठ्न बस्न निकै समस्या हुन्छ। समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न सक्छ। बिरामीले समयमै उपचार पाएन भने मृत्युको नजिक पुग्न सक्छ।

एक्युट एपेन्डिसाइटिस

यस्तो एपेन्डिसाइटिस क्रोनिक एपेन्डिसाइटिसजस्तो हुँदैन।यो केही समय वा केही दिनभित्र विकसित हुन्छ।एक्‍कासी पेट दुख्न थालेपछि कतिपय बिरामीले ग्याष्ट्रिक बढ्यो भनेर लापरवाही गर्छन्।त्यसैले सुरुमा यसको पहिचान गर्न अप्ठयारो हुन्छ। यदि एक्युट एपेन्डिसाइटिस भएमा तत्काल शल्यक्रियाको अवश्यकता पर्छ।एपेन्डिक्समा दिसा रोकिएमा, वा जीवाणुको संक्रमण भएमा वा कुनै अन्य प्रकारको रोकावट भएमा यसले रोगको रुप लिन थाल्छ। यदि दुखाइ छिटो र सही नसक्ने गरी बढ्छ भने यसको संक्रमण पनि बढेको भन्ने बुझिन्छ।यस्तो अवस्थामा शल्यक्रियाको जरुरी पर्छ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्