Logo

चीनबाट तेल ल्याउने दाबी



काठमाडौं, ११ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनबाट इन्धन ल्याउने दाबी गरेका छन्। काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले आगामी तीन वर्षभित्र चीनबाट पाइपलाइनमार्फत इन्धन ल्याउने दाबी गरेका हुन्।

‘प्रधानमन्त्रीले विश्वास गर्नुभयो भने म तीन वर्ष अझै मन्त्रीको रूपमा रहन्छु, चीनबाट पाइपलाइनमा तेल ल्याउछु। यो सपना हामी पूरा गरेर छोड्छौं। यसका लागि हामी सबै सामूहिक दायित्वबाट जानुपर्छ’, दाबी गर्दै उनले भने,‘म उभिनु भनेको नै कालोबजारी गर्नेहरू सतर्क हुनु हो।’ नाकाबन्दीको समयमा चीनबाट इन्धन ल्याउने विषय निकै चर्चामा आएको थियो। तर सरकार परिवर्तनसँगै उक्त चर्चा सेलाएको थियो।

मन्त्री भट्टले औद्योगिक वातावरण बनाएर कुल ग्राहस्थ उत्पादनमा अहिलेभन्दा दोब्बर योगदान पुर्‍याउने दाबी गरे। पछिल्लो समयमा मुलुकको व्यापार घाटा उल्लेख्य परिमाणमा कम भइरहेको चर्चा गर्दै मन्त्री भट्टले यतिमै आफूलाई सन्तुष्टि नहुने जानकारी दिए। उनले कृषिजन्य वस्तुको उत्पादनमा पूर्णआत्मनिर्भर र उद्योगमैत्री वातावरण नबन्दासम्म पूर्णरूपमा व्यापार घाटा न्यून गर्न नसकिने बताए। उनका अनुसार नेपाल सिमेन्ट, बिजुली, माछा, मासु र छडमा आत्मनिर्भर भइसकेको छ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्