काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट हटाइएको छ ।प्रधानमन्त्री ओलीको स्वास्थमा मंगलबारको भन्दा आज निकै सुधार आएकोले उनलाई आराम गर्न दिइएको छ ।
आलीको पेटमा एपेन्डिक्सको समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो ।उनी चिकित्सकहरुको निगरानीमा केहिदिन अस्पतालमै बस्ने जनाइएको छ ।