Logo

डेढ अर्बभन्दा बढी माग दाबी गर्दै मुद्दा



काठमाडौं,मंसिर ११ । राजस्व अनुसन्धान विभागले पछिल्लो तीन दिनको अन्तरालमा करिब डेढ अर्ब रुपैयाँ राजस्व अपचलन गर्ने व्यापारिक फर्म तथा प्रोप्राइटरविरुद्ध मुद्दा दायर गरेको छ। विभागका अनुसार संखुवासभाका तोप्के भोटेलाई २५ केजी सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ३० करोड २६ लाख ५० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ। भोटेलाई मंगलबार संखुवासभा जिल्ला अदालतमा मुद्दा दायर गरिएको होे।

संखुवासभाको प्रहरी टोलीले चेकजाँचका क्रममा भोटेको शरीर तथा उनले बोकेको झोलाबाट बिनाबिलबिजक लुकाएर ल्याउँदै गरेको २५ केजी सुन बरामद गरेको थियो। अनुसन्धानका क्रममा तोप्केसहित रिन्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटे समेतको मिलेमतोमा सुन चोरी पैठारी गरी राजस्व चुहावट गरेको देखिएको हो।

राजस्व अनुसन्धान विभागले पछिल्लो तीन दिनको अन्तरालमा करिब डेढ अर्ब रुपैयाँ राजस्व अपचलन गर्ने व्यापारिक फर्म तथा प्रोप्राइटरविरुद्ध मुद्दा दायर गरेको छ।
विभागका अनुसार उनीहरुले एकअर्काको बैंक खाता समेत प्रयोग गरी यसअघि चारपटकसम्म सुन चोरी पैठारी गरेको देखिएको छ। अहिलेको बजार भाउ अनुसार २५ किलो सुनको मूल्य १५ करोड १३ लाख २५ हजार पर्ने भएकाले यसैलाई बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय माग्दै मुद्दा दायर गरिएको हो।आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्