काठमाडौं, ११ मंसिर । युएफा च्याम्पियन्स लिग फुटबल अन्तरगत मंगलबार राती भएको समूह डिको खेलमा युभेन्टसले एथ्लेटिको मड्रिडलाई १–० गोलले पराजित गरेको छ ।
युभेन्टसका लागि पाउलो डिबालाले फ्रिकिकमार्फत गरेको गोल नै जितका लागि पर्याप्त बन्यो। उनले पहिलो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गरेका थिए।
जितसँगै युभेन्टस समूह विजेता बनेको छ। उसले अन्तिम १६ मा यसअघि नै स्थान पक्का गरिसकेको छ । इटालियन सिरी ए मा आराम दिइएका क्रिश्चियानो रोनाल्डोले यो खेल भने पूरा अवधि खेले । एजेन्सी