Logo

कपाल कसरी बिग्रन्छ, सुरक्षाको उपायसहित



हरेक महिलाको कपाल सर्लक्क परेको होस् भन्ने इच्छा हुन्छ । कपाल चिप्लो र सिधा होस् भनेर कतिपयले हेयर डिजाइनर कहाँ पुगेर स्ट्रेट गर्छन् । स्ट्रेट गर्दा टिकाउ हुँदैन । यो अल्पकालिन र कपाललाई क्षति पुर्याउनसक्ने हुन्छ । त्यसैले यसो नगरी कपालको सुरक्षा र हेरचाह गर्ने घरेलु उपाय छन् :

१.स्ट्रेट गरीएको कपालमा सामान्य स्याम्पु प्रयोग गर्नुहुँदैन । यस्को लागी छुट्टै कन्डिसनर र स्याम्पु बनेको हुन्छ । यो प्रयोग गर्दा कपाल लामो समय संम स्टे«ट र सिल्की रहन्छ ।

२. हप्तामा एकदिन तेलले मसाज गर्नुपर्छ । स्ट्रेट गरिएको कपाल कमजोर हुन्छ, त्यसैले बिस्तारै तेलले मसाज गर्नुपर्छ । धेरै रगडिएर मसाज गर्दा कपाल टुक्रने हुन सक्छ ।

३.कपाल स्याम्पु गरिसके पछि बेस्सरी रगडिएर सुख्खा बनाउनु हुदैन । तौलियाको प्रयोग गरेर सुख्खा बनाउनुपर्छ ।

४.स्याम्पु प्रयोग गरेपछि कन्डिसनरको प्रयोग गर्नुपर्छ ।

५. कपाल बिग्रन नदिन र पोषणको लागी १०—१२ दिनको बीचमा एलोवेरा माक्स वा एग मास्क लागाउनुपर्छ । Photo Source : WPZipper



प्रतिक्रिया दिनुहोस्