काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । उनको स्वास्थ्यस्थितिबारे उपचाररत अस्पतालले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गरी उल्लेख्यनीय सुधार भइरहको जानकारी गराएको हो ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले ओलीलाई सघन उपचार कक्षमै राखिएको बताएको छ । उनलाई सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको जानकारी दिएको छ ।
यसअघि ओलीको आज विहान भ्यान्टिलेटर हटाइएको थियो । पेट दुख्ने समस्याका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार आकस्मिक रुपमा महाराजगञ्जस्थित अस्पताल लगिएको थयो । उनको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
File Photo