Logo

आजबाट हस्तकला प्रदर्शनी



काठमाडौ, मंसिर १२।नेपाल हस्तकला महासङ्घको आयोजनामा आजदेखि भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुँदै छ ।

उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँनयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित बनाउन, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताको चाहनाअनुरूप वस्तु डिजाइन संयोजनका बारेमा उद्यमी व्यवसायीमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले महासङ्घले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको छ । विसं २०४८ देखि महासङ्घले यस्तो मेला आयोजना गर्दै आएको हो ।

मेलामा हस्तकला प्रतियोगिता पनि हुने तथा उत्कृष्ट कक्ष तथा प्याभिलियन प्रतियोगिता हुने कार्यक्रम रहेको महासङ्घले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा यही मङ्सिर १६ गतेसम्म मेला आयोजना हुनेछ ।

हस्तकलाका उद्यमीबाट उत्पादित सामानको आन्तरिक बजारका साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ । त्यस्तै नेपाली उद्यमी, व्यवसायी, निर्यातकर्ता र विदेशी आयातकर्ताकाबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने मेलाको उद्देश्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्