मोहन श्रेष्ठ ।
काठमाडौँ १२ मंसिर । काठमाडौँ विश्वविद्यालयका सह–प्रध्यापक डा. निर्मलमणि अधिकारीको पैलासिसौँ पुस्तक सञ्चार सिद्धान्तीकरण लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्रा. रामकृष्ण रेग्मी, डा. पीयूष मिश्र, र श्रीराम सिंह बस्नेतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।
समारोहमा सञ्चार क्षेत्रका अग्रगी प्राध्यापक रामकृष्ण रेग्मी, डा. पीयूष मिश्र र श्रीराम सिंह बस्नेतलाई सम्मान गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै प्राध्यापक रामकृष्ण रेग्मीले नेपाल ज्ञान परम्परामा अग्रगी रहेको उल्लेख गर्दै मैलिक सञ्चारमा सिद्धान्तीकरणको पुस्तक आउनु सम्पूर्ण नेपाली प्राज्ञिक क्षेत्रको लागि गर्वको कुरा भएको बताएका थिए ।
डा. अधिकारी पूवीर्य दर्शन तथा पाश्चात्य दर्शनका गहन अध्येता भएको बताउदै डा पीयूष मिश्रले पुस्तकले सञ्चार अध्ययनमा नयाँ आयम थपेको बताएका थिए । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका भाषा तथा आमसञ्चार विभागका प्रमुख सुदर्शन दाहाल र सञ्चारयोग मिडियाकी सञ्चालक सदस्य विना अधिकारी वाग्लेले पनि पुस्तकका बारेमा प्रकाश पारेका थिए ।