Logo

जीवन र मरणको दोसाँधबीच खतरा मोलेर शल्यक्रिया गर्यौं-डा. अरुण सायमी



काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन र मरणको दोसाँधमा खतरा मोलेर चिकित्सकले शल्यक्रिया गरेको खुलासा गरेका छन् । उनको उपचारमा संलग्न डा. अरुण सायमीले निकै खतराबीच शल्यक्रिया गरिएको खुलाएका हुन् ।

‘प्रधानमन्त्रीज्यूको लाइफ एन्ड डेथको अवस्था थियो,’ डा. सायमीले ऋषि धमलासँगको कुराकानीमा भने, ‘खतरा मोलेर शल्यक्रिया गरिएको हो ।’ प्रधानमन्त्री ओली लगभग खतरामुक्त रहेको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीलाई चिकित्सक टोलीबाहेक कसैसँग भेट्न नदिएको जानकारी दिए । परिवारका सदस्यलाई समेत आइसीयू बाहिरबाट मात्र हेर्न दिइएको उनले बताए ।

प्रधानमन्त्रीलाई अझै एक हप्ता अस्पताल राखिने सायमीले बताए । उनले भने, ‘उहाँलाई आरामको लागि थप एक हप्ता अस्पताल राख्छौं ।’
पेट दुखेर महाराजगञ्जस्थित अस्पताल लगिएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टर मा मंगलबार शल्यक्रिया गरिएको थियो । उनको सफल सल्यक्रियापछि एक दिन भ्यान्टिलेटरमा राखिएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot