Logo

मेरो स्वास्थ्यमा तिव्र गतिमा सुधार- प्रधानमन्त्री ओली



काठमाडौं १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा तिव्र गतिमा सुधार भइहेको बताएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेका उनले बिहिबार अस्पतालबाट ट्वीट गरी स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।

‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ,’ उनले ट्वीटमा लेखेका छन् । ओलीले स्वास्थ्यस्थितिबारे चासो राख्ने सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

पेट दुखेपछि उनलाई मंगलबार अस्पताल लगिएको थियो । एपेन्डिसाइटिस भएको पत्ता लागेपछि मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot