Logo

ज्ञानेन्द्र शाही अभियानबाट निष्काशित, गणतन्त्रको पक्ष विपक्षमा जुहारी



काठमाडौं, १२ मंसिर । भ्रष्टाचारविरुद्ध अभियान बोकेको नेपालका लागि नेपालीभित्र राजनीति हावी भएको छ । अभियानको एउटा पक्षले अभियन्ता ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको घोषणा गरेको छ ।

अभियानका बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले शाहीलाई निष्काशित गरेको जनाएका छन् । उनीहरुले विज्ञप्तिमार्फत् संघीयताको खारेजी र धर्म निरपेक्ष्यताको खारेजीविरुद्ध लागेको भन्दै शाहीलाई निष्काशन गरेको जनाएका छन् । नेपालका लागि नेपाली अभियान जारी रहने विज्ञप्तिमा उल्लेख छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले अभियानबाट ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको जनाइएको छ । अभियानमा न्यौपाने र शाही गणतन्त्रविरोधी हुन् । शाहीको समूह भ्रष्टाचारविरुद्ध मात्र केन्द्रित हुनुपर्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्