Logo

वर्षासँगै अनमोल अमेरिका



नायिका वर्षा राउत र नायक अनमोल केसी अमेरिकामा छन् । उनीहरु शनिबारबाट हुन गइरहेको चौथो ग्लोबल नेपाली फिल्म अवार्ड मा सहभागी हुन अमेरिका पुगेका हुन् ।

जापानमा भएको सूर्य इन्टरनेशनल अवार्डमा अनमोल केसीले फिल्म क्याप्टेन बाट पपुलर अभिनेता र नायीका वर्षा राउँतले फिल्म गोपीबाट सहअभिनेत्रीको अवार्ड जितेका जिए । अवार्ड बोकेर दुवैजना अमेरिका उडे ।

वर्षाले आफ्नो इस्टामा दुइजनाका विमानस्थलको फोटो राखेकी थिइन् । उक्त फोटोमा दवैजना मुस्कुराइरहेका देखिन्थे । सूर्य इन्टरनेशल अवार्ड मा क्याप्टेन’ वा ‘ए मेरो हजुर ३‘ बाट एकमा आफुले अवार्ड पाउने निश्चित भएपछि मात्र अनमोल केसी अमेरिका गएको बाहिर हल्ला आइरहेको छ ।

जापानमा भएको कार्यक्रममा अनमोल र वर्षाले धेरै खाली कुर्सीको अगाडी अवार्ड लिएको चर्चा छ । अमेरिकामा पनि अवार्डबारे चासो छ ।



प्रतिक्रिया दिनुहोस्