Logo

क्रेडिट कार्डबाट सात करोड डलर झिकेर ठगी गर्ने चीनको यो सञ्जाल



क्रेडिट कार्डबाट सात करोड डलर ठगी गर्ने सञ्जाल पत्ता लागेको छ । सञ्जालका १२ जना समातिएका छन् र १७ सय क्रेडिट कार्ड बरामद गरिएको छ ।

यो घटना चीनको हेनान प्रान्तमा भएको हो जहाँ एउटा समूह नै क्रेडिट कार्डबाट ठगी गर्न सक्रिय भएको थियो ।

नागरिकको व्यक्तिगत विवरण र सूचना संकलन गरेर क्रेडिट कार्ड रकम झिक्न प्रयोग गरिएको पत्ता लागेको थियो । यसले त्यहाँको वित्तीय क्षेत्रलाई नै नोक्शानीमा पुर्याएको उल्लेख छ ।

यसअघि यस्तै सञ्जालले नेपालमा पनि क्रेडिट कार्डबाट रकम झिकेर ठगी गरेको थियो । उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।- एजेन्सी File Photo



प्रतिक्रिया दिनुहोस्