Logo

प्रकाश पत्नी सृजनाको राजनीतिक सक्रियता



काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डकी बुहारी सृजना त्रिपाठीको राजनीतिमा सक्रियता बढेको छ । यसपटक उनी पोखराको चुनाव प्रचारप्रसारमा निकै सक्रिय भइन् ।

सृजना अधिकतम समय कास्की-२ की उम्मेदवार विद्या भट्टराईको प्रचार प्रसारमा सहभागी भइन् । प्रचण्डले पोखरा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने र्याली र सभामा सृजनाको उपस्थितिले विशेष महत्व पायो । सृजनाले सामाजिक सञ्जालमा धेरै तस्बिर पनि राखिन् ।

विगतमा खुमलटारमा बेवास्तामा परेर माइतीघर कास्कीमै बस्दै आएकी सृजनाले पछिल्लो समय महत्व पाइरहेको बुझिएको छ । यसलाई धेरैले चासोका साथ हेरेका छन् ।

प्रचण्डका एकमात्र छोरा प्रकाशसँग मागी विवाह गरेकी सृजनाको एउटा छोरा छ । सृजनालाई छाडेर प्रकाशले विना मगरसँग विवाह गरेका थिए । विना खानेपानीमन्त्री छिन् । उनको पनि एउटा छोरा छ ।

Photo Source: FB



प्रतिक्रिया दिनुहोस्

Screenshot