Logo

भोलीहुने उपनिर्वाचनको तयारी पुरा



काठमाडौं, मंसिर १३ । भोलि शनिबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।संघ, प्रदेश र स्थानीय तहमा रिक्त पदमा जनप्रतिनिधि बहाली गर्न ३७ जिल्लाका २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रमा उपनिर्वाचन हुँदै छ।

यसमध्ये प्रतिनिधिसभातर्फ ३२ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यततर्फ ७८ मतदानस्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्पm १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको छ।

८ सय वा सोभन्दा बढी मतदाता भएका केन्द्र ३ सय ३७ र ८ सयभन्दा कम मतदाता रहेका केन्द्र २ सय छन्।आयोगका अनुसार निर्वाचन गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू मतदानका आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगिसकेका छन्।

उपनिर्वाचन सम्पन्न गर्नका निम्ति आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्