Logo

अब हामी विसुद्ध नेपाली प्रो हुनु आवश्यक छः प्रचण्ड



काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विसुद्ध नेपाली प्रो हुनु आवश्यक रहेको बताएका छन् । प्रचण्डले अरूको नक्कल गरेर लक्ष्य हासिल नहुने ठोकुवा गरे। उनले प्रो इण्डियन, प्रो चाईनीज भन्ने विषयले धेरै वर्ष चलेको भन्दै अब एक मात्र प्रो नेपालको सिष्टम अगाडि जानुपर्ने बताएका हुन्।

शुक्रबार होटल याक एण्ड यतिमा नेपाल–चीन मिडिया फोरमले आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष प्रचण्डले प्रो शब्द धेरै वर्ष खेप्नुपरेको बताएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘कालापानी, लिपुलेक र लिम्पियाधुरा मात्रै होईन, हाम्रो सीमाना, हाम्रो जमिन, कति छ त्यसको विषयमा एक मत भएर समस्याको समाधान गर्नुपर्छ।

लिपुलेकमा चीन र भारतबीच व्यापारीक सम्झौता भएकै समयमा आफू चीन भ्रममा गएको बताउँदै प्रचण्डले भने,‘यस विषयमा मैले त्यँहा पनि कुरा उठाएको थिए। अहिले बलियो राष्ट्रियता एकता भएको छ। सबै राजनीतिक दल, विभिन्न विषय विज्ञ तथा सम्पूर्ण नेपालीहरू एकजुट छन्। यतिबेला हामीले मिचिएका सीमाहरू भारत सरकारसँग सार्थक वार्ताको माध्यमबाट समस्याको हल गर्नुपर्छ।’

उनले अगाडि थपे,‘सी जीङपीङ भारत हुँदै नेपाल आउनु धेरै कुराको संकेत गरे पनि त्यसमा हाम्रो कुनै आपत्तिको विषय त छैन। भारत र चीनबीच के कुरा भयो? त्यो विषयमा पनि हाम्रो चासोको विषय भएन। हाम्रो राष्ट्रिय हित, एकतालाई ध्यानमा राखेर अगाडि बढ्नुपर्छ। यो हाम्रो सरोकारको विषय हो।’

प्रचण्डले सीमाको बारेमा मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने स्पष्ट पोरेका छन्। प्रचण्डले सीमाको बारेमा मिडियाले जनमत र्सिजना गर्ने खालको काम गर्नुपर्ने बताउँदै भने, ‘मिडियाले सीमा, राष्ट्र र राष्ट्रियताको बारेमा जनमत र्सिजा गर्नुपर्छ। त्यो मिडियाको धर्म पनि हो।’

कनेक्टिभिटीमा जति सक्दो छिटो अगाडि बढ्नुपर्ने बताउँदै प्रचण्डले विश्वसँग सम्बन्ध राख्नमा मद्दत पुग्ने जिकिर गरेका छन्। एक चीन नीतिमा नेपाल एक इन्च पनि पछि नहट्ने बताउँदै प्रचण्डले चीन पनि पछि नहट्ने दावी गरे। उनले भने,‘मुलुकलाई समृद्ध कसरी बनाउने भन्ने विषयमा निरन्तर लाग्नुपर्छ। आर्थिक विकास बिना देश समृद्ध हुन सक्दैन।

त्यस कारण पनि नेपाल, भारत र चीनबीचको साझेदारी कायम हुनुपर्छ। त्यसको लागि पनि मिडियाको भूमिका महत्वपूर्ण हुनुपर्छ।’ प्रचण्डले फरक प्रसँगमा आफू चाँडै चीन भ्रमणमा निस्किने जानकारी दिए। कार्यक्रममा पत्रकार युवराज घिमिरे र युवराज संग्रौलाले कार्यपत्र प्रस्तुत गरेका थिए। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्