Logo

पदक तालिकामा नेपाल दोस्रो स्थानमा आउनेछ- पिताम्बर तिम्सिना, उपाध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्



काठमाडौं, १३ मंसिर । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना जुझारु व्यक्तित्व हुन् । उनले साग खेलकुदको तयारी पूरा भइसकेको भन्दै नेपालले उल्लेख्य संख्यामा पदक जित्ने बताएका छन् । तिम्सिनासँग ऋषि धमलाले गरेको कुराकानीः
दक्षिण एशियाली खेलको तयारी कहाँ पुग्यो ?
लगभग तयारी अन्तिम चरणमा पुगेको छ । हिजो बेलुकाबाट निर्माणका कार्यहरु सम्पन्न भइसकेका हुन् । अब डेकुरेसको काम बाँकी छ, त्यो पनि आजबाट सम्पन्न गर्नेछौं ।
रंगलाशाको पूर्वाधारमा त तपाईंहरु चुक्नुभयो ?
रंगशालाको पूर्वाधार तयारीको मा पनि अन्तिम चरणमा पुगेको छ । अबदेखि उता सहीदगेटबाट त्रिपुरेश्वर पुग्दा युरोपतिरै पुगियो कि भन्ने महसुस हुनेगरी निर्माण कार्य सम्पन्न गरेका छौं ।
रंगशालाको पूर्वाधार निर्माणले नेपाली खेलाडीको आत्मबल बढाएको छ ?
हाम्रा खेलाडीहरुले हाम्रो होम ग्राउण्डको उपयोग गर्न सक्नुभएन, त्यसमा दुःख लागेको छ । अब ढिलो भएपनि उद्घाटन गर्ने दिन आइसकेको छ । त्यसको तयारीको लागि रातदिन नभनिकन सबै तयारी सम्पन्न भइसकेको छ ।
उद्घाटन सत्रमा कति हजार व्यक्तिलाई उपस्थित गराउन सक्नुहुन्छ ?
भूकम्प पहिला १८ हजार सिट क्षमता थियो । २०७२ सालको भूम्पले क्षति पु¥याइसकेपछि निर्माणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँदा २५ सय सिट घटेको छ । अहिले १५ हजार पाँच सयले प्रत्येक्ष हेर्न सक्ने बनाइएको छ ।
त्योभन्दा बढीले पनि खेल हर्न चाहन्छन्, उनीहरुले कहाँ बसेर हेर्ने ?
त्यसको लागि हामीले सातै प्रदेशहरुमा उपयुक्त खुला ठाउँमा लाइभ स्क्रीनहरु राखेर तयारी गरिसकेका छौं । ती ठाउँहरुबाट खेलसँग सरोकारवालाहरुले उद्घटन सहमारोह अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।
खेलाडीहरुलाई प्रोत्साहन स्वरुप केही रकम दिने व्यवस्था गर्नुभएको छ ?
हो, उनीहरुलाई कार्यविधि नै तोकेर ३ लाख २ लाख र एक लाख गरेर दिने निर्णय गरेका छौं । यसलाई १० गते नै सम्माननीय प्रधानमन्त्रीज्यूबाट विशेष प्याकेज घोषणा गर्ने भनिएको थियो । उपत्यका बाहिर रहनुभएका खेलाडी उहाँको सम्बोधन सुन्न लालायित हुनुहुन्थ्यो । उहाँ अस्वस्थ भएपछि अर्थमन्त्री आउनुभयो ।
पुरस्कार घोषणा गर्छु भनेर भाषण गर्नुभएको थियो, कहाँ गए ती कुरा ?
अहिलेको खेलमा गोल्डमेडल ल्याउने खेलाडीलाई ६ लाख रुपैयाँ दिने प्रस्ताव ल्याउँदैछौं । सिल्भरलाई ४ लाख र काँस्यलाई २ लाख पुरस्कारको प्रस्ताव गर्ने तयारी गरेका छौं । त्यसको सम्मानीय राष्ट्रपतिज्यूले उद्घाटन गर्दै हुनुहुन्छ । त्यसमा गोल्ड मेडल ल्याउने आमा खेलाडीहरुलाई भत्ताको पनि व्यवस्था गरेका छौं ।
यसपटक नेपालले पहिलाको भन्दा प्रगति गर्न सक्छ ?
हामीहरु विविध कारणले खेलकुदमा मात्रै होइन, हेरक क्षेत्रमा पछि छौं । ०७२ सालको भूकम्पपछि सबै पूर्वाधारहरु सम्पन्न भइसकेका छैनन् । पूरा गर्ने तयारीमा मात्रै छौं । रंगशाला पनि हिजो मात्रै तयारी गरेर खेल्न योग्य बनाएका छौं । खेल मैदान अन्तर्राष्ट्रिय स्तरको नभएर पनि उल्लेख्य प्रगति हुननसकेको हो । यति हुँदाहुँदै पनि हाम्रा खेलाडीहरु अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नुभएको छ, त्यो खुसीको कुरा हो ।
भलिबलमा त नेपाले हार्यो नि ?
जुनखालको परिणाम आयो त्यसले थोरै नमीठो बनायो । नेपालले बंगलादेशसँग हार्नुनपर्ने हो । समग्रमा भलिबलमा खेल सन्तोषजनक नै छ । नेपालमा महिलाको खेल प्रगति उन्मुख छ । यति हुँदाहुँदै पनि यसपालिका खेलमा नेपालको उपस्थिति दर्बिलो हु्ने छ ।
नेपाली खेलाडीले कति गोल्ड मेडल जित्लान् ?
त्यसरी संख्या नै त बताउनु सकिँदैन । आठौं साउथ एशियन खेलको नतिजाको वरिपरि नेपाल रहने छ ।
१३ औं एशियाली खेलमा नेपालले बाजी मार्छ ?
राम्रै मेडलहरु जित्छ नेपालले ।
नेपाल पहिलो, दोस्रो के हुन्छ ?
पहिलो हुने टार्गेट गर्ने हो । तर, यसपटक दोस्रोबाट पछाडि जाँदैनौं ।
पहिलो हुँदैन हो ?
नेपाल पहिलो हुनलाई गाह्रै छ, यसलाई मैले स्वीकार्नुपर्छ ।
पहिलो कुन देश हुन्छ ?
प्रतिस्पर्धा गर्ने भारत, पाकिस्तान, श्रीलंकालगायतका देशहरु छन् । तिनीहरुलाई उछिन्दै नेपाल अगाडि बढ्ने प्रयत्न गर्छ । पहिलो कुन देश हुन्छ, म ठ्याक्कै भन्न सक्दिँन ।
उद्घाटनको तयारी कसरी गर्नुभएको छ ?
सीट प्लानिङको व्यवस्था कम्प्युटरबाट गरेका छौं । टिकट दिँदा सिट नम्बर पनि उल्लेख हुन्छ । टिकटमा उल्लेख भएको बाहेक सिटमा बस्न पाइँने छैन । साथै उद्घाटन पनि भव्य हुने छ ।
प्रधानमन्त्रीले सम्बोधन कार्यक्रम त नहुने भयो ?
उहाँ अस्वस्थ भएर आउन सक्नुभएन । अभैm पनि हामीले उहाँको स्वास्थ्य लाभ भएर आउनुहुने छ भन्ने कामना गरिरहेका छौं । अस्पतालबाट पनि यसप्रति चासो लिइरहनुभएको छ ।
अब उपप्रधानमन्त्रीले सम्बोधन गर्नुहुने हो ?
सम्माननीय प्रधानमन्त्री आउन नसकेपछि उपप्रधानमन्त्री आउनु नै हुने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot