जाडो महिनामा गेडागुडी अमृत समान नै हुन्छ । सकेसम्म भिजाएर टुसा निकालेको गेडागुडी खाँदा उत्तम हुन्छ । गेडागुडीलाई भिजाए पछि हल्का टुसा पलाउँछ र त्यो खादा शरीरलाई धेरै राम्रो हुने गर्छ ।
त्यसरी अंकुरित गेडागुडीमा पौष्टिक तत्व अत्यन्तै हितकर मानिन्छ । भटमास,दाल, गहुँ, चना, केराऊ आदीलाई १२ घण्टा सम्म भिजाएर अध्यारो ठाँउमा फिँजाएर राख्दा टुसा आउँछ । यसरी भिजाई राखेको गेडागुडिलार्इ काँच्चै पनि खान सकिन्छ । यसरी काँच्चै खाँदा पौष्टिक तत्वहरु नष्ट हुदैन र शरीरलाई धेरै फाईदा हुन्छ ।
अंकुरित गेडागुडिमा एन्टिअक्सिडेन्टको मात्रा प्रचुर हुने हुनाले फ्रि रेडिकल्सबाट हुने धेरै रोगबाट जोगाउँछ । टुसाएका गेडागुडिमा भिटामिन ‘सी’, भिटामिन ‘ए’ र भिटामिन ‘बी’ को मात्रा समेत अत्यधिक मात्रामा पाइन्छ। यस्मा मासुमा भन्दा बढि पौष्टिक तत्व पाइन्छ ।
टुसाएका गेडागुडिमा जटिल कार्बोहाइडे«डहरु प्रशस्त पाउने हुनाले पाचन प्रणालीलाई राम्रो गर्नुको साथै अखाद्य पर्दाथहरु नष्ट गरी गुणस्तरमा वृद्धि गर्छ ।
अंकुरित गेडागुडी खानाले कब्जियत, फिसर, फिस्टुला ,पाइल्स जस्ता रोग बाट जोगाउँछ । त्यस्तै एन्टिबडी इन्जाइम्स, घाउहरु चाडो निको हुने, तौल कम गर्ने,हर्मोन बनाउने कार्यमा पनि सहयोग पुर्याउँछ ।
महिलामा महिनावारी रोकिएपछि हुने समस्याहरु पसिना आउने, शरीर तात्ने, हाड कमजोर हुनेलाई टुसाएका गेडागुडिमा हुने फाइटोस्ट्रिोजन नामक तत्वले निकै फाइदा भई यी समस्याबाट जोगाउँछ ।
अंकुरित गेडागुडी खानाले कब्जियत,फिसर,फिस्टुला ,पाइल्स जस्ता रोग बाट जोगाउँछ । त्यस्तै एन्टिबडी इन्जाइम्स, घाउहरु चाडो निको हुने, तौल कम गर्ने,हर्मोन बनाउने कार्यमा पनि सहयोग पुर्याउँछ ।
महिलामा महिनावारी रोकिएपछि हुने समस्याहरु पसिना आउने, शरीर तात्ने, हाड कमजोर हुनेलाई टुसाएका गेडागुडिमा हुने फाइटोस्ट्रिोजन नामक तत्वले निकै फाइदा भई यी समस्याबाट जोगाउँछ ।