तरकारीमा प्रयोग गरिने बेसार औषधीको रुपमा पनि प्रयोग गरिन्छ । प्राचीनकाल देखि बेसारलाई औषधीको रुपमा प्रयोग गरिदै आएको हो । वैद्धिककालमा पनि यसलाई उपचार पद्धतिमा प्रयोग गरिन्थ्यो ।
मानव शरीरका हरेक अङ्गमा फाईदा हुने स्वास्थ्यवद्र्धक जडिबुटि हो । बेसारका फाईदा धेरै छन् । एन्टोबायोटिक बनाउन समेत यसको प्रयोग गरिन्छ । पश्चिमी मुलुकमा बेसारको कम प्रयोग हुने र रोगसँग लड्ने शरीरलाई चाहिने आवश्यक पर्ने अन्टिबायोटिकका लागि बेसार मिसिएको औषधी महँगो हुन्छ । तर, नेपालमा भने सजिलै पाईने हुदा यसको महत्व बुझ्न सकिएको छैन ।
बेसारले मानव शरीरका सबै अङ्गमा महत्वपूर्ण औषधीको काम गरेको हुन्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो गर्नुका ुाथै मानव शरीरमा लाग्ने ६०० भन्दा बढी रोगलाई समेत निदान गर्न सक्छ ।
बेसारलाई पेन किलर पनि भनिन्छ । यसले शरीरमा हुने सम्पुर्ण दुखाईलाई प्राकुतिक रुपमा उपचार गर्दछ ।
बेसारबाट हुने फाइदा
१.ग्यास्ट्रिकको विरामीले नियमित सेवन गर्दा फाइदा पुग्छ ।
२.पोलेको घाउलाई पेनकिलरको काम गर्छ ।
३. मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउँछ ।
४. मानव शरीरमा लागेको चोटपटक छिटो निको बनाउन राम्रो भुमिका खेल्न सक्छ ।
५. हड्डीमा हुने सबै समस्यालाई यसले फाइदा पुर्याउँछ
६. रक्तअल्पता हुनबाट जोगाउनुको साथै मांशपेशीमा हुने पिडालाई कम गर्छ ।
७. स्मरण शक्ति बृद्धिको साथै मानसिक रोगबाट पनि बचाउछ ।
८. महिलालाई हुने महिनावारीमा पेट दुख्ने समस्या समेतलाई नियन्त्रण गर्छ ।
९. क्यान्सरको कोषिका रोक्ने क्षमता राख्दछ । बेसारमा प्रचुर मात्रामा करक्युमिन रहेको हुन्छ ।
१०. दुधमा बेसार मिसाएर खाँदा राम्ररी निन्द्रा लाग्छ ।
११. बेसार र दुधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसको कारण हड्डी बलियो हुन्छ ।
१२. पटक पटक पिसाब गर्नुपर्ने, बढी पानी तिर्खा लाग्ने वा मधुमेह भएमा बिहान बेलुका १/१ शुद्ध बेसारको धुलो पानी संग खादा फाइदा गर्छ ।
१३.सुख्खा खोकी छ भने बिहान–बेलुका १ चम्चा खाने खयर र ए चम्चा बेसार तातोपानीसँंग खादा २÷३ दिनमा ठिक हुन्छ ।
१४. पेट सम्वन्धि धेरै रोगलाई निको पार्न सहयोग गर्छ ।
१५. रक्तचाप, मुटुसम्वन्धि समस्या र वजन घटाउन पनि बेसार निकै उपयोगी मानिन्छ ।
१६.छालाकोे सौन्र्दयको लागी बेसार निकै उत्तम मानिन्छ ।
१७. बुढ्यौली नदेखिनुको साथै विभिन्न औषधिको असरबाट पनि जोगाउँछ ।
१८. नकरात्मक शक्ति र विचारबाट बचाउँछ ।
१९. हिन्दु धर्ममा बेसारको प्रयोग पवित्र मानिन्छ ।