Logo

प्रचण्डले आइसीयूमा प्रधानमन्त्री ओलीलाई भेटे



काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रचण्डले ओलीलाई आइसीयू कक्षमा भेटेका हुन् ।

पाँच मिनेटमात्र भेटको अवसर दिइएपछि प्रचण्डले छोटोमा स्वास्थ्यवस्थाबारे बुझेका थिए । उनले शिघ्र स्वास्थ्यलाभको कामना गरेको निकटस्थले बताए । प्रचण्ड आइसीयू कक्षमा विशेष पोशाक लगाएर पसेका थिए ।

शल्यक्रियापछि संक्रमण हुन नदिन प्रधानमन्त्री ओलीलाई कसैसँग भेट्न दिइएको थिएन । पत्नी राधिका शाक्यले पहिलोपटक भेटेपछि बिहिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न दिइएको थियो । भण्डारीले पनि केही मिनेटमात्र भेटेकी थिइन् ।

पेट दुखेर महाराजगञ्जस्थित अस्पताल लगिएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टर मा मंगलबार शल्यक्रिया गरिएको थियो । उनको सफल सल्यक्रियापछि एक दिन भ्यान्टिलेटरमा राखिएको थियो । बुधबार भ्यान्टिलेटर झिकेपछि ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot