Logo

निवर्तमान मन्त्री ढकालले कानुनविपरित न्यायाधीश सिफारिस गरेको यादवको आरोप



काठमाण्डौ । उपप्रधान एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले हालै भएको न्यायधीश नियुक्तीको प्रकृयाप्रति असहमति जनाएका छन् ।

उपप्रधानमन्त्री यादवले मन्त्रालय परिवर्तन हुनुभन्दा अघि तत्कालीन कानूनमन्त्री भानुभक्त ढकालले न्यायधीश नियुक्तीका लागि गरेको सिफारीस कानूनविपरीत भएको बताएका हुन् । न्याय परिषदलाई प्रभावमा पारी तत्कालीन कानूनमन्त्री ढकालले न्यायाधीश पद खालि नहँुदै उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गराएको आरोप लाग्दै आएको थियो ।

यसै सन्दर्भमा मन्त्री यादवले शुक्रबार कानून मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै आफुलाई यो निर्णयले अचम्ममा पारेको भन्दै निर्णय कानून बिपरित भएको बताएका हुन् ।

मंसिर ४ गते बसेको न्यायपरिषदको बैठकले उच्च अदालतको न्यायाधीशका लागि जिल्ला न्यायाधीसबाट ९ जना, न्याय सेवाबाट १ र अधिवक्ताहरुबाट ५ जना सिफरिस गरिएको थियो ।

त्यस्तै उपप्रधानमन्त्री यादवले आफू संविधान संशोधनको एजेण्डा लिएर सरकारमा सहभागी भएकाले पनि प्रधानमन्त्रीले छानेर दिएको कानून मन्त्रालयलाई अवसरको रुपमा लिने बताए ।

मन्त्री यादवले आफु सरकारमा सहभागी भएको डेढ वर्षसम्म पनि संविधान संशोधन प्रकृया अगाडी बढन नसकेकाले पार्टीमा प्रश्न उठेको भन्दै अव कानून मन्त्रालय मार्फत प्रयास गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot