Logo

स्वर्ण दाबेदार तुलसा साग छोडर वैदेशिक रोजगारीमा



काठमाडौं, मंसिर १४ । ‘देशका लागि खेल्ने चाहना हुँदाहुँदै म झुट बोल्न बाध्य भएँ। मेरो जीवन सहज पार्न कतार हिडें,’एथ्लेटिक्सकी तुलसा खत्री क्षेत्रीले प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई पठाएको सन्देश हो यो। तुलसा जसले आठौं राष्ट्रिय खेलकुदमा आर्मीबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी थिइन्।

उनले ५९।५६ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान पनि बनाएकी थिइन्। त्यसैले उनी आइतबारबाट नेपालमा सुरुहुने १३औं दक्षिण एसियाली खेलकुल सागमा पनि तुलसालाई स्वर्ण पदकको प्रबल दाबेदारको रुपमा हेरिएको थियो। तर बिडम्बना तुलसा खत्री क्षेत्री रोजगारीका लागि विदेश पलायन भएकी छिन्।

साग मुखैमा आइरहेको समयमा बन्द प्रशिक्षणमा रहेकी क्षेत्री रोजगारका लागि कतार गएकी हुन। ४ सय मिटर र ४ सय मिटर हर्डल्स तर्फको खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी तुलसा खत्रीले सागलाई वेवास्ता गर्दै वैदेशिक रोजगारका लागि कतार गएकी हुन।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot