पोखरा, मंसिर १४ । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन सुरु भएको छ । मतदाताहरु बिहानै देखि मतदान गर्न लाइनमा बसेका छन् । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि ३२ मतदानस्थलमा ८२ केन्द्र रहेको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घट्नामा निधन भएपछि उपनिर्वाचन भएको हो ।