Logo

कस्ले पड्कायो मतदानस्थल नजिक बम ?



कास्की, १४ मंसिर । मतदानलाई प्रभावित गर्ने उद्देश्यले जिल्लाको शान्ति मावि मतदान केन्द्र नजिक बम बिष्फोट भएको छ । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचत अन्र्तगत मतदान भइरहँदा बम बिष्फोट गराइएको हो ।

बम बिष्फोट लगत्तै प्रहरी सुरक्षा कडा पारेको छ । कास्कीको पोखरा महानगरपालिका १६ मा बम बिष्फोटको जिम्मा कसैले पनि लिएको छैन । चुनाव बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि बम बिष्फोटको आशंका गरिएको छ ।

बम बिष्फोटका बाबजुद त्यहाँ उत्साहका साथ मतदान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्