Logo

कास्कीमा बम विस्फोट, मतदान स्थगित



काठमाडौं, मंसिर १४ । कास्की क्षेत्र नम्बर २ मा मतदानस्थल भईरहेको समयमा नजिकै बम विस्फोट भएको छ ।

नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयमा मतदानस्थलनजिकै बम विस्फोट भएपछि केहि समय त्यहाँको मतदान प्रक्रिया रोकिएको छ ।

मतदानस्थलमा पर्याप्त सुरक्षा व्यवस्था गरिएको सरकारले दाबी गरेपनि मतदान सुरु भएको एक घण्टा भित्रै मतदान कार्यक्रम प्रभावित भएको छ । विस्फोटबाट कुनै क्षति नभएपनि मतदातामा डर पैदा गरिदिएको प्रहरीले जनाएको छ ।

कुनै युवाले उक्त बम फालेर भागेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन । बम प्रहार गर्नेको खोजी भईरहेको र शान्तीपूर्ण तरिकाले मतदान सम्पन्न गराउन प्रहरी थप सक्रिय भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्