Logo

संविधान संशोधनको मिशन पूरा गर्न सरकारमा आएको हुँः मन्त्री यादव



काठमाडौं, मंसिर १४ । उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिशन पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन् ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र संसदीय पत्रकार समाजसँग आज भएको संयुक्त पत्रकार भेटमा उपप्रधानमन्त्री यादवले सरकारमा जानुपूर्व भएको संविधान संशोधनको सहमति भएको हुँदा सो कार्यान्वयन गर्ने बेला आएको बताए ।

‘संविधान संशोधन मुलुकको आवश्यकता हो, प्रदेशलाई कमजोर बनाएर सङ्घीयता बलियो हँुदैन, पार्टीको मुख्य मिशन नै संविधान संशोधन हो ।’ उनले भने । उपप्रधानमन्त्री यादवले वार्ताबाटै समाधान खोज्ने पक्षमा आफूहरु रहेको टिप्पणी गरे ।

कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि संविधान अनुकूलका कानूनहरु कार्यान्वयन भए÷नभएको अध्ययन गर्ने र बाँकी रहेका कानूनहरु सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर बनाउने उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री यादवले सङ्क्रमणकालीन न्यायलाई पनि आफूले प्राथमिकतामा रहेको उल्लेख गर्दै ऐन संशोधन गर्ने विषयमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot