Logo

लमजुङमा पनि बम विस्फोट



लमजुङ, १४ मंसिर । लमजुङको सुन्दरबजार नगरपालिका(२ को मतदान केन्द्रबाट १ सय ५० मिटर नजिकै टाइम बम विस्फोट भएको छ । मतदान केन्द्र महेन्द्र मन्दिर मावि नजिकै टाइम बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

लमजुङका प्रहरी नायब उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार बिहान ९ बजेर ५५ मिनेट जाँदा बम विस्फोट भएको हो ।बम विस्फोट भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

जिल्लामा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले बताए ।



प्रतिक्रिया दिनुहोस्