नेमकिपाका उम्मेदवार नीरज लवजूले भने आफैँलाई मतदान गर्न पाउनु भएन । भक्तपुर नगरपालिका–९ मा मतदाता नामावली रहेकाले उनले आफैँलाई मतदान गर्न नपाएको बताए । लजवूले अधिकांश मतदान केन्द्रको अनुगमनमा उत्साहजनक रुपमा मतदाताको सहभागिता रहेको र शान्तिपूर्ण रुपमा मतदान भइरहेकामा खुशी व्यक्त गरे ।
नेकपाका उम्मेदवार ढकालले आफूले मतदान गरेको मतदान केन्द्रलगायत आफूले अनुगमन गरेका सबै मतदान केन्द्र शान्तिपूर्ण र सौहाद्र्रपूर्ण रुपमा मतदान भइरहेकामा सन्तुष्ट व्यक्त गरे । उपनिर्वाचनमा मतदाताको उत्साह देखेर आफूलाई पनि थप उत्साह बढेको उनले जानकारी दिए ।
काँग्रेसका उम्मेदवार भँडेलले मतदान गर्दै शहर र शान्तिपूर्ण रुपमा मतदान हुनु खुशीको कुरा रहेको बताए । यहाँका प्रत्येक मतदान केन्द्र सुरक्षित रहेको आफूले पाएको र मतदाताहरु पनि निर्धक्क भएर शान्तिपूर्ण रुपमा मतदानस्थलमा आएको बताए ।रासस