Logo

कास्कीमा मतगणना शुरु गर्न सर्वदलीय बैठक बस्दै



काठमाडौं, मंसिर १४ । कास्की क्षेत्र नं २ मा आज प्रतिनिधिसभा सदस्य पदको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ ।

कास्की क्षेत्र नं २ का लागि ८२ वटा मतदानकेन्द्रमा भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले बताएका छन्।

मतदान सम्पन्न भइसकेपछि मतपेटिका मतगणनास्थलमा ल्याउने काम भइरहेको छ । शहीद चोकस्थित जिल्ला समन्वय समितिको सभाभवनमा सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेकाले चाँडै सर्वदलीय बैठक आह्वान गरी मतगणना शुरु गरिने जनाइएको छ ।

मतगणनास्थलको सुरक्षाका लागि दुई वटा सिसी क्यामेरा जडान गरिएको छ भने बाहिरबाट तार जालीले घेरिएको छ । उम्मेदवारको प्रतिनिधिले गणनामा कुनै पनि बाधा अवरोध पु¥याउन नपाउन् र गैरकानूनी कार्य रोक्नका लागि तारबार लगाइएको बताइएको छ । दुई स्थानबाट गणना शुरु गर्ने योजना रहेको बताइएको छ ।

दलको तर्फबाट उम्मेदवार बनेकाका दुईजना र स्वतन्त्र उम्मेदवारका एक जना प्रतिनिधि मात्र गणनास्थलमा रहन पाउने व्यवस्था गरिएको छ । उपनिर्वाचनमा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्र ११ गरी २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस्