Logo

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, सामान्य हिँडडुल सुरु



काठमाडौं, १४ मंसिर । एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा शल्यक्रियाको पाँचौं दिन अपेक्षित गतिमै सुधार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओलीले आज ठोस् खाने कुरा लिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनकाअनुसार प्रधानमन्त्रीले सघन उपचार कक्षभित्रै सामान्य हिँडडुल गरे । सघन उपचार कक्षममै उपचार जारी रहेकाले आगन्तुकहरुको भेट भने नियन्त्रित नै रहेको छ । प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्