Logo

१७ मध्ये १४ ठाँउमा नेकपाले जित्यो



काठमाडौं, मंसिर ५ । उपनिर्वाचन २०७६को मतगणना सकिनै लाग्दा अहिलेसम्म विभिन्न १७ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । १७ ठाउँको मतपरिणाम सार्वजनिक हुँदा १४ ठाउँमा नेकपाका उम्मेदवारले बाँजी मारेको छ ।

रोल्पाको थबाङ–१, सल्यानको कुमाख–५, संखुवासभाको खाँदबारी९३, भोजपुरको पौवादुङमा गाउँपालिका–१, कञ्चनपुरको पुनर्वास–३, लमजुङको सुन्दरबजार–२ र काठमाडौंको दक्षिणकाली–३ मा नेकपाका उम्मेदवार वडाध्यक्षमा निर्वाचत भएका छन् ।

त्यस्तै गुल्मीको रुरु नगरपालिका–६,डोटीको आदर्श गाउँपालिका–२, सिन्धुपाल्चोकको इन्द्रावती–८, पूर्वी नवलपरासीको बुंदीकाली–५, बागलुङको बडिगाड–२,काभ्रेको धुलिखेल९२ र खोटाङको साकेला–३ मा नेकपाका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै पर्साको सखुवापसौँनी–५ र सर्लाही हरिपूर्वा–१ मा भने समाजवादी पार्टीका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् । बैतडीको सुर्नया–३ मा नेपाली काँग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्