काठमाडौं, मंसिर १५ । चितवनका तीनवटै वडामा नेपाली काँग्रेस विजयी भएको छ । ती तीनवटा वडाहरुमा अघिल्लो पटक दुई वटामा नेपाली कांग्रेस र एउटामा तत्कालीन नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । अहिले सबै तीनवटै वडामा कांग्रेसका उम्मेदवारहरु जितेका छन् ।
भरतपुर महानगरपालिका–१६ नेकपाले गुमाएको छ । यो वडा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत पर्दछ ।
दाहालले मंसिर ९ मा भरतपुर–१६ को चुनावी सभालाई सम्बोधन गरेर मत मागेका थिए । तर निर्वाचनमा कांग्रेसका अमृत हमालसँग नेकपाका उम्मेदवार भक्तराज हमाल पराजित भएका छन् ।