Logo

आजबाट १३ औं दक्षिण एशियाली खेलकुदको महाकुम्भ



काठमाडौं, १५ मंसिर । दक्षिण एशियाली खेलकुदको महाकुम्भ (साग) आजबाट शुरु हुँदैछ । साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको औपचारिक उद्घाटन गर्नेछिन् ।

सन् १९८४ मा पहिलो साग गरेको नेपालले तेस्रोपटक प्रतियोगिता गर्न लागेको हो । दशरथ रङ्गशालामा सागको उद्घाटन भएपनि पोखरा र जनकपुरमा पनि खेलहरु हुनेछन् । सागका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । भूकम्पले क्षतिग्रस्त दशरथ रङ्गशाला पुर्ननिर्माण सम्पन्न भइसकेको छ ।

सागमा नेपालको प्रदर्शनमा उतारचढाव रहनसक्छ । सन् १९९९ मा काठमाडौंमा भएको साग खेलकुदमा नेपालले सबैभन्दा बढी पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो । पहिलो सागमा नेपालले चौंथो स्थान हासिल गरेको थियो ।

यसपटक नेपालले दोस्रो स्थान हासिल गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले दोस्रो स्थान पक्का गर्ने लक्ष्यका साथ तयारी भएको बताए । नेपालले उद्घाटन नहुँदै महिला भलिबलमा कम्तिमा रजत पदक पक्का गरिसकेको छ । नेपालले फाइनलमा भारतसँग भिड्दैछ ।



प्रतिक्रिया दिनुहोस्