१५, मंसिर-कास्की । आज साँझ सम्पन्न भएको उपनिर्वाचनमा सुरक्षाको राम्रो प्रवन्ध गरिएको भन्दै निर्वाचन पर्यवेक्षणमा खटिएका ईन्जिनियर दीपेन्द्र कँडेलले तीनवटै निकायका सुरक्षा निकाय र यसका प्रमुखहरुलाई धन्यवाद दिएका छन् । कँडेलले आज भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको र कुनैपनि मानवीय तथा भौतिक क्षति नभएको भन्दै सुरक्षा निकायका प्रमुखहरुलाई धन्यवाद दिएका हुन् ।
कँडेलले आफ्नो नेतृत्वमा रहेको द दिपेन्द्र कँडेल ईनिसिएटिभमार्फत काँस्की क्षेत्र नम्बर २ र भक्तपुरको प्रदेशसभा १ क मा निर्वाचनको अवलोकन गरेका हुन् । कँडेल आफू भने काँस्की क्षेत्र नम्बर २ मा खटिएका थिए । काँस्कीमा छिटफुट अवरोधको सिर्जना र बम विस्फोटबाहेक अप्रिय कुनैपनि घट्ना नघटेको र जनताले शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा मतदान गर्न पाएको उनको भनाई छ । कँडेलले काँस्कीको उक्त क्षेत्रमा निर्वाचनको अघिल्लो दिन ९हिजो० शुक्रबार र आज निर्वाचनको दिन ९शनिबार० दुई दिन प्रि पोलिङ र पोलिङ अब्जर्भेशन गरेका हुन् । कँडेलले काँस्की क्षेत्र नम्बर २ का सबै मतदान केन्द्रको अवलोकन गरेका थिए ।
निर्वाचन जारी हुँदै गर्दा पहिलो मतदान केन्द्रनजिककै बम फेला परेको सुनाउँदै उनले यस्तो अवस्थामा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीन वटै सुरक्षा निकायको समन्वयमा स्थिति सामान्यीकरण गरिएको र कोही पनि मतदाताहरु फर्किन नपरेको बताए । उनले भनेका छन्,”नेपालका सुरक्षा निकायको बलियो सुरक्षा व्यवस्था र प्रवन्धकै कारण कोही पनि मतदाता फर्केर जानुपरेन् । सोही बुथमा ६५ प्रतिशत मत खस्यो । यो खुशीको कुरा हो । म नेपाल सरकार, तीनवटै सुरक्षा निकायका प्रमुख र सम्पूर्ण सुरक्षाकर्मी साथीहरु, राजनीतिक दल, कर्मचारी साथीहरुलाई हृदयबाट धन्यवाद दिन चाहन्छु ।”
कँडेलले आफूले विदेशका विभिन्न मुलुकका निर्वाचनमा पनि पर्यवेक्षकको रुपमा काम गरिसकेकोले नेपालको चुनाव विदेशी देशभन्दा उत्कृष्ट रहेको सुनाए । उनले भने,”म नेपालको चुनावलाई विदेशको कुनैपनि देशको चुनावभन्दा कम देख्दिन् । यो मेरो नेपालमा पहिलो चुनावी पर्यवेक्षण हो । अब आगामी दिनमा पनि चुनावी पर्यवेक्षण तथा अवलोकन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”