काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुदको पुरुष भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ । भारतले श्रीलंकालाई २७-२५, २५-१९, २१-२५ र २५-२१ के प्रतिष्पर्धात्मक खेलमा पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो ।
भारतले फाइनलमा पाकिस्तान या बँगलादेशमध्ये एक टोलीसँग भिड्नेछ । पाकिस्तान र बँगलादेशबीच खेल जारी छ र पाकिस्तान बलियो स्थितिमा छ । भारत र पाकिस्तानबचि भलिबल फाइनलको भिडन्त हुनसक्ने देखिएको छ । Photo: reportersnepal