Logo

नेकपाकी विद्या भट्टराईको जीत सुनिश्चित्



काठमाडौं, १५ मंसिर । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कास्की–२ मा नेकपाका विद्या भट्टराईले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अग्रता लिएकी छिन् ।पछिल्लो मत परिणाम अनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि भएकी छिन् । त्यस्तै, नेपाली काङ्ग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाएका छन् ।

सो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ र २०, २१ र ३३ को मतगणना सम्पन्न भइसकेको छ र यतिखेर वडा नं ४ र १६ को मतगणना शुरु भएको छ । सो क्षेत्रमा ४५ हजार ५७९ मत खसेकामा अहिलेसम्म ती चार वडामा गरी १९ हजार ३१ मतको गणना भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्