Logo

प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाट सागको प्रत्यक्ष प्रसारण पूरै हेरे



काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको बेडबाट १३ औं दक्षिण एशियाली खेलकुद सागको प्रत्यक्ष प्रसारण हेरेका छन् । प्रत्यक्ष प्रसारणका लागि अस्पतालले वाइफाइको व्यवस्थापन गरेको थियो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार दशरथ रङ्गशालामा आइतबार साँझ भएको सागको उद्घाटनको प्रधानमन्त्री ओलीले प्रत्यक्ष प्रसारण हेरेको जानकारी दिए । उनले ट्वीट गर्दै लेखेका छन्, अस्पतालको बेडबाटै प्रत्यक्ष प्रसारण पुरै हेर्नुभयो ।

मंगलबार पेट दुखेपछि महाराजगञ्ज अस्पताल भर्ना भएका उनको मनमोहन काडिर्योलोसिस एन्ड भास्कुलर ट्रान्स्प्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि आरामका लागि अस्पताल राखिएको छ । File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot