Logo

हजुरबुबाबाट बलात्कृत बालिका गर्भवती



काठमाडौं, मंसिर २६ । ओखलढुंगामा नातिनी बलात्कार गर्ने एक वृद्ध पक्राउ परेका छन् । नाताले नातिनी पर्ने १५ वर्षीय बालिका बलात्कार गर्ने मोलुङ गाउँपालिकाका ५८ वर्षीय वृद्ध पक्राउ परेका हुन् ।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरी अनुसन्धान थालिएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए । गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । घरमा कोही नभएको बेला वृद्धले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

हजुरबुबाबाट बलात्कृत बालिका गर्भवती भएपछि रहस्य बाहिरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot