काठमाडौं, १६ मंसिर । नेपाली चेलीहरुले टिम काँतातर्फ राष्ट्रलाई स्वर्ण पदक दिलाएका छन् । सोमबार भएको प्रतिष्पर्धाको फाइनलमा नेपालले पाकिस्तानलाई पराजित गरी स्वर्ण जितेको हो ।
नेपाली खेलाडीहरु निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जित्दा २४.८८ अंक हासिल गरे । पाकिस्तानी टोलीले २३.३ अंक हासिल गर्यो ।
नेपालले कराँतेमा दुई स्वर्ण र एक रजत जितिसकेको छ । कराँतेतर्फ नेपालले वर्चश्व बनाएको छ । Photo: reportersnepal