काठमाडौं, १६ मंसिर । उनी आमा हुन् । तीन वर्षीय बच्चालाई घरमै राखेर बन्द प्रशिक्षणमा बसिन् । राष्ट्रका लागि अन्तरमन देखि खेलिन् र पदक जिताइन् ।
उनी हुन् चञ्चला दनुवार । दनुवारले राष्ट्रलाई कराँतेको काँतामा रजत दिलाउँदा पाकिस्तानी खेलाडीसँग झीनो अन्तरले फाइनलमा पराजित भइन् । राष्ट्रिय खेलमा निकै कडा प्रतिष्पर्धाबीच छनोटमा परेकी उनी ३२ वर्षकी भइन् । तैपनि खेल जारी राखेकी छिन् ।
व्यक्तिगत कातातर्फ रजत पदक दिलाउँदा चञ्चलाले २४.६२ अंक हासिल गरिन् । पाकिस्तानकी सहिदाले २५.२८ अंक प्राप्त गरिन् ।
नेपालले कराँतेमा धेरै पदकको आशा राखेको छ । कराँतेको अन्य स्पर्धामा नेपालले धेरै स्वर्ण जित्ने सम्भावना रहेको छ । Photo: reportersnepal