Logo

चुनाव समिक्षा : नतिजापछि के भने दलहरुले ?



काठमाण्डौ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तह गरी ५२ रिक्त पदका लागि भएको उपनिर्वाचन सम्पन्न भयो । सोमबार सम्म सवैतिर मतगणना समेत सम्पन्न भए । उपनिर्वाचनको समग्र मतपरिणामलाई हेर्ने हो भने अधिकांश ठाउंमा नेकपाले बाजी मारे भने नेपाली कांग्रेसले पनि सन्सोजनक नतिजा प्राप्त गरेको बताएको छ । तर उपनिर्वाचनले सत्तारुढ दल र प्रतिपक्षी दुवैको दावीलाई भने खण्डित गरेको छ ।

उपनिर्वाचन सम्पन्न हुदै गर्दा र आएका नतिजालाई नियाल्ने हो भने यो पटक सत्तारुढ दलको जनमत घटेको देखिएको छ । तर प्रतिपक्षी दल नेपाली कांग्रेसको जनमत खासै बढेको भने पाइएन । संख्यात्मक हिसावमा ५२ ठाउंको उपनिर्वाचनमा एक प्रतिनिधिसभा सदस्य सहित ३० स्थानिय तहमा नेकपाले जित हासिल गरेको छ ।

प्रतिपक्षी दल कांग्रेसले एक प्रदेशसभा र एक उपमहानगरपालिका गरी १३ स्थानमा जित हासिल गरेको छ । अन्य ९ स्थानमा अन्य दलले जित हासिल गरेका छन । प्रतिपक्षी दल कांग्रेसले जितेको केही ठाउं विगत लामो समय देखि नेकपाको पकड क्षेत्र मानिएका ठाउंहरु छन । त्यसैले पनि यो उपनिर्वाचनमा नेपाली कांग्रेसले गणितिय हिसावमा स्वाभाविक रुपमा कम स्थान जिते पनि जनमतमा भने आफ्नो पार्टी अघी रहेको कांग्रेस नेता प्रदिप पौडेलको दावी छ ।

उपनिर्वाचनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलतका कामको भण्डाफोर र आफ्नो पार्टी संगठनलाई सुध्रिण बनाउने रणनीति तय गरेपनि सोचे अनुरुपको नतिजा हासिल गर्न नसकेको भने यथार्थ हो । विगतको निर्वाचन र अहिलेको उपनिर्वाचनको मतपरिणामलाई हेर्ने हो भने पनि जित र हारको विच त्यति धेरै लामो मतभिन्नता देखिएको छैन । सुनसुरीको धरान उपमहानगरपालिका वडा ७ को वडा अध्यक्षको लागि भएको निर्वाचनमा नेकपा र कांग्रेसका उम्मेदवारविच १ मतको मात्र अन्तरले देखिनुले यो पुष्टी हुन्छ ।

उता सत्तारुढ दल नेकपाका नेताहरु पनि अपेक्षा गरे अनुरुप नतिजा हासिंल गर्न नसकेको स्वीकार गरेका छन् । कतिपय ठाउंमा पार्टी भन्दा उम्मेदवारको व्यक्तित्वका कुराले पनि उपनिर्वाचनको मत परिणाममा फेरबदल भएको नेकपा केन्द्रिय सदस्य हिमाल शर्माको भनाई छ ।

उपनिर्वाचनको परिणामलाई लिएर अन्य दलहरुले पनि विभिन्न टिकाटिप्पणी गरेका छन । साझा पार्टीका संयोजक समेत रहेका रविन्द्र मिश्रले त आइतबार सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दे उपनिर्वाचनको मतपरिणामले भ्रष्टचार, असक्षमता र देश दोहनलाई अनुमोदन गरेको भन्दै प्रतिक्रिया दिएका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भने पार्टीलाई वैकल्पिक र अग्रणी शत्ति बनाउन आम समिक्षा परिमार्जन र निकै ठुलो परिश्रम गर्नुपर्ने आवश्यकता औल्याएका छन । सम्रग्रमा हेर्ने हो भने पनि उपनिर्वाचनले सवै राजनीतिक दलहरुलाई अझै सुध्रिनुपर्ने छ भन्ने सन्देश दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot