Logo

टेनिसमा सेमिफाइनल यात्रा



काठमाडौँ, १७ मंसिर । लनटेनिसमा नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् । सातदोबाटोस्थित कोर्टमा नेपालले बंगलादेशलाई हराएको थियो । पुरुष सिंगल्समा प्रणव खनालले मोहम्मद आलम गिरलाई ६–०, ६–१ ले हराए ।

अमोल रोयसँग पहिलो सेटमा २–६ ले पछाडि परेका संरक्षकभूषण वज्राचार्यले दोस्रो सेट ६–२ ले आफ्नो पक्षमा पारे । तेस्रो सेटमा रोय घाइते भएपछि उनले सहजै सफल पाए । डबल्समा नवीन पाइजा र प्रदीप खड्काको जोडीले सहजै जित दिलाए । नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएको हो । पुरुषतर्फ भुटान सेमिफाइनल पुग्यो । भुटानले माल्दिभ्सलाई ३–० ले र पाकिस्तानले श्रीलंकालाई २–१ ले हराए ।

महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनल पुगे । नेपालले माल्दिभ्सलाई ३–० ले हराउँदा सलोनी तामाङले आयानी मुसा कलिममाथि ६–४, ६–० ले, प्रेरणा कोइरालाले जिना अब्दुर रसिदमाथि ६–१, ६–३ तथा डबल्समा रायना शाह र प्रकृति श्रेष्ठको जोडीले रिफ्गा युसुफ नजिब र मारियम हस्मा हजिबमाथि ६–३, ६–३ ले नतिजा निकालेका थिए । श्रीलंकाले बंगलादेशलाई ३–० ले हरायो । नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्