Logo

तुइनबाटै कर्णाली वारपार



सिमकोट, मंसिर १७। सरकारले देशलाई नै तुइनमुक्त घोषणा गरेको दुई वर्ष पुग्नै लाग्दा पनि हुम्लावासी अझै आधा दर्जन तुइनमा तर्न बाध्य हुँदै आएका छन् । कर्णाली नदीमाथि झोलुङ्गे तथा ट्रस ब्रिज निर्माण नगरिँदा हुम्लावासीलाई जोखिम उठाएरै भए पनि तुइनबाट वारपार गर्न बाध्य छन् ।

सुसाउँदो कर्णाली नदीमाथि लट्ठामा बाँधिएर तुइन तर्नुपर्दा बाँच्ने आशा कमै हुने गरेको भए पनि आजसम्म चलेको सर्केगार्ड गाउँपालिका वडा नं। ४ का बबर पालले बताए। आँखा चिम्म गरेर तर्नुको विकल्प नभएका कारण जनताले सास्ती खेपिरहनु परेको छ ।

पुल निर्माणको माग गरिए पनि त्यो पूरा नहुँदा जनतालाई तुइन तर्नु बाध्यता भएको छ । पुल निर्माणका लागि स्थानीय सरकारसँंग माग नगरिएको पनि होइन तर कतै सुनुवाइ नहुने स्थानीयको गुनासो छ ।

कर्णाली नदीमाथि सर्केगार्ड गाउँपालिका क्षेत्रमा दुईवटा तुइन सञ्चालनमा छन् । यी तुइनमा दैनिक रूपमा ३० देखि ४० जना स्थानीय र बटुवा वारपार गर्दै आएका छन् ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्