Logo

टाइटनिक नायक लियोनार्डोको आपत्ति



न्युयोर्क, मंसिर १७ । हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाएका छन्। ब्राजिलका राष्ट्रपति जैयर बोलसनोरोले अमेजन जंगल आगलागीमा वातावरण संरक्षणको विषयमा वकालत गर्दै आएका अभिनेता डिक्याप्रियोको हात रहेको आरोप लगाएका थिए।

आफूमाथि लागेको आरोपलाई खण्डन गर्दै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्,‘ममाथि लागेको आरोप गलत हो। कारण मैले आगलागीबाट प्रभावित व्यतिm तथा प्राकृतिक र सांस्कृतिक महत्व बोकेको संसारकै ठूलो अमेजन जंगल बचाउन सहयोग गरिरहेको छु। मैले आगलागीका लागि कोहीसँग सहकार्य गरेका छैन्।’

ब्राजिलका राष्ट्रपति जैयर बोलसनोरोले अभिनेता डिक्याप्रियोमाथि लगाएको आरोपलाई विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० ले अस्वीकार गरिदिएको छ। अभिनेता डिक्याप्रियो डब्लुडब्लुएफको सद्भावना दूत हुन्। उनले आगलागीबाट विनाश भएको अमेजनलाई ५० लाख अमेरिकी डलरको सहयोग गरेका थिए।

यसअघि ब्राजिलका राष्ट्रपति जैयर बोलसनोरोले अमेजन जंगल आगलागीमा वातावरण संरक्षणको विषयमा वकालत गर्दै आएका अभिनेता डिक्याप्रियोले सहयोग गरिरहेको संस्थाले अमेजन जंगलमा आगो लगाएको र उनले देखावटी रुपमा सहयोग प्रदान गरेको आरोप लगाएका थिए।

अभिनेता डिक्याप्रियोले यसअघि जलवायु परिवर्तनकी अभियन्ता ग्रेता थुनबर्गबाट प्रभावित भएको र सुनिश्चित भविष्यको निम्ति एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।एजेन्सी



प्रतिक्रिया दिनुहोस्