Logo

नेपाल र ओमानको राष्ट्रिय संग्राहलयबीच समझदारी



मस्कट, १७ मंसिर । नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयका बिच द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । हिजो (सोमबार) ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित कार्यक्रममा हस्ताक्षर भएको छ ।

मस्कटस्थित् नेपाली दुतावासले जारी गरेको विज्ञप्ती अनुसार समझदारीपत्रमा नेपालको तर्फबाट राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ तथा ओमानको तर्फबाट राष्ट्रिय संग्राहलय ओमानका महानिर्देशक जमल बिन हसन अल मोवासीले हस्ताक्षर गरेका हुन् ।

नेपाल र ओमानको राष्ट्रिय संग्राहलयका बिचमा एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने विषयलाई समझदारी पत्रमा उल्लेख गरिएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाललगायत दूतावासका अन्य कर्मचारीहरुको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

उक्त कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक श्री दामोदर गौतम, राष्ट्रिय संग्राहलय ओमानका कर्मचारीहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो। मंसिर १७ गते मंगलबारका दिन ओमान स्थित विभिन्‍न देशका राजदूतहरु, कूटनितिक कर्मचारीहरु, विद्यार्थीहरु तथा अन्य सर्वसाधारणहरुको उपस्थितमा राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठद्बारा नेपालको राष्ट्रिय संग्राहलयको सम्बन्धमा प्रस्तुतीकारण दिनुहुने कार्यक्रम रहेको छ।’



प्रतिक्रिया दिनुहोस्