जीवनलाई सुखी बनाउन र तनावबाट बच्नको लागी आफुमा केही परिर्वतनहरु गर्न आवश्यक छ । जीवनको प्रत्येक पक्षलाई बुझ्न सिक्नुहोस् र सन्तुष्ट हुनुहोस् । सकरात्मक सोच राख्नुहोस् । आफैमा परिर्वतन जीवनको सबैभन्दा महत्वपुर्ण अंश हो, यसलाई स्वीकार्नु उत्तम हो । जीवनलाई सुखी बनाउन कुनै चिज स्वीकार्नुहोस् र केहि जीवनबाट हटाउनुहोस् ।
यहाँ सद्गुरु जग्गी वासुदेवले जीवन सुखी बनाउने केही सूत्र बताएका छन् ।
नराम्रो चिजलाई नष्ट गर्नुहोस्
तपाईको जीवनमा सबैभन्दा महत्वपुर्ण के हो ? यसलाई परिर्वतन गर्नुहोस् । परिवर्तनका लागि छनोट गर्नुहोस्, यसमा आफूले गर्न सक्ने र गर्छु भन्नुहोस् । यस्ता साना कदमले जीवनमा साँच्चिकै परिर्वतन गर्न सक्छन् । तर वास्तवमा नै कार्यान्यन गर्नुपर्छ तपाँइृले सोचेको कुरा । जे तपाईले छोड्न प्रतिज्ञा गर्नुभयो र छाड्नुपनि भयो त्यो फेरी दाहोरिन हुँदैन । यदि तपाईले केही आफ्नो जीवनबाट हटाउँदै हुनुहुन्छ भने त्यो सधैको लागी अन्त्य हुनुपर्छ ।
एउटा राम्रो कुरा सुरु गर्नुहोस्
आफ्नो जीवनलाई ध्यानपुर्वक हेरेपछि एउटा निर्णय गर्नुहोस् जस्तो ‘हरेक पटक जब म १० सेकेन्ड खान्छु, म यो खानाको लागी कुतज्ञता देखाउँछु जुन मेरो अंश हनेछ वा प्रत्येक पटक मैंले केही आवश्यक तत्वहरु जस्तै माटो, हावा र अन्य चीजहरु प्रयोग गदर्छु , म यसको एक प्रतिशत बचत गर्नेर्छु । यस्ता चिजहरुले तपाँइको जीवनमा परिवर्तन गर्दछ र फरक व्यक्तित्व प्रदान गर्दछ ।
एउटा कुरा याद गर्नुहोस्
जीवनको हरेक क्षणलाई रमाईलो र आनन्द लिनुपर्छ किनकि तपाँइृलाई जीवनले एकछिन पनि पर्खदैन । त्यसोभए यहाँ निराश, उदासिनता, क्रोध वा कुनै पनि अप्रियताको लागी समय दिनुहुदैन । प्रत्येक क्षण रमाईलोमा खर्चनु होस् ।
बाँच्नको सही तरिका
जब तपाईँभित्र प्रेमले भरिन्छ तब तपाईँ खुशी हुनुहुन्छ, तसर्थ सबैलाई प्रेमको साथ व्यवहार गनुहोस् । सबैलाई प्रेम गरेर अरु कसैलाई फाइदा हँुदैन । यो त बाच्नको एक बुद्धिमान तरिका हो । संसारलाई मायालु बनाउन आफू लागि पर्नुहोस् । यसबाट मायालु संसार सिर्जना गर्न सक्नुहुन्छ ।
खुशीको प्रतिज्ञा कहिल्यै नगर्नुहोस्
धेरै मानिसहरुले आफ्नो जीवनलाई सुख, शान्ती र प्रेमको लागि बाहिरी परिस्थितिहरु खोजीरहेका हुन्छन् । जस्तो सेयर मार्केट माथी जादा खुशी हुने र तल झर्दा दुःखी हुने गर्छन् । त्यस्तै संसारमा आनन्दपुर्वक बस्नलाइ ठुलो घरमा निर्भर गनुहुँदैन । यसको वास्तविक गुणस्तर त तपाँई भित्रको खुशीले निर्धारण गर्दछ । त्यसैले मानिस सधै आफुभित्र खुशी हुन कोसीस गर्नुहोस् त्यहा कुनै कारण वा अवसरको लागि खुुशीको खोजी गर्न जरुरत छैन ।
सधै जस्तालाई तैस्तै भन्नुहोस्
तपाँइ जहिलेपनि एउटा चिज राम्रो र अर्को चिज नराम्रो ठान्नुहुन्छ यो कहिले पनि नगर्नुहोस् । तपाईँ आफैलाई आफ्नो सकरात्मक परिर्वतित दृष्टिले हेर्नुपर्छ की तपाईँले बल्ल उस्तै उस्तै चीजज देख्नुहुनेछ । अझैपनि फरक देख्नु हुन्छ भने आफ्नो मन नकरात्मक दिशा तर्पm नै अग्रसर गराई राख्नुभएको छ ।