मह यस्तो चिज हो ‘खाए पनि ठिक लाए पनि ठिक’ यसलाई बहुउपयोगी वस्तुको आधारमा महलाई अंमृत पनि भनिन्छ । फरक फरक मौसममा महको स्वाद पनि फरक पर्छ फरक मौसम अनुसार वनस्पतिहरु फुल्नाले स्वाद पनि परिवर्तन हुन्छ । महमा फस्फोरस, पोटासियम, सोडियम, क्याल्सियम, म्याग्नेसियम, आइरन, प्रोटिन, कार्बोहाइड्रेट र चिटामिन बी र सी जस्ता तत्व पाइन्छन् ।
१. खोकी लागेमा, अदुवाको रसमा मह मिसाएर खाने
२. आलस्य भएमा वा वाकवाकी लागेमा
३.सुख्खा खोकी लागेमा कागतीको रसमा मह मिसाएर खाने
४.कब्जियतको समस्या भएमा, गोलभेडा वा सुन्तलाको रसमा एक चम्चा मिसाएर खाने
५. मोटाउनको लागी, राती दुधमा मह मिसाएर पिउनाले मोटाइन्छ ।
६. रगतमा हेमोग्लोबिन बढाउन, रत्तचाप नियन्त्रण र शररिका मांशपेशी बलियो बनाउन
७. शरीरको वजन घटाउन, मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित खाने
८. जीउ कटकट खाने, हाडजोर्नी दुख्ने भएमा दालचिनिको पाउडर मिसाएर दुखेको ठाँउमा मसाज गर्ने
९. रुघाखोकी लागेमा मह, अदुवा र तुलसीको पातको रस बराबर मात्रामा खाने
१०. नीन्द्रा नलाग्ने समस्यालाई, सुत्नु अघि दुई चम्चा खाने
११. गर्भावती महिलाले मह खानाले पेटको बच्चालाई शारीरीक र मानसिक रुपमा फाइदा पुग्छ ।
१२. आखाँ वरिपरि डार्क सर्कल छ भने मह र बदामको तेल बराबर मात्रामा मिसाई सुत्ने बेलामा लगाउने र विहान धुने
१३. महको दैनिक सेवनले दिमाख तेजिलो हुने गर्छ ।
१४. चाउरीपन बाट छुटकारा पाउन, एभोकाडोमा एक चम्चा मह मिसाएर २० मिनेट सम्म राख्नाले चाउरी हराउदै जान्छ ।
१५. कपाल चम्किलो हुन्छ, हप्तामा एक पटक नरिवलको तेलमा मह मिसाएर कपालको जरामा लगाएर २० मिनेट जति राखेर धुने कपाल चम्किलो हुन्छ ।