Logo

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना



वासिङ्टन, मंसिर १७ । अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर स्वास्थमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । पिसाब नलीमा आएको समस्याका कारण उनलाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको अन्र्तराष्ट्रिय समाचारमा जनाइएको छ ।

९५ बर्षीय कार्टरलाई हाल जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा भर्ना गरिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र निरन्तर सुधारोन्मुख रहेको तथा चाँडै डिस्चार्ज हुन सक्ने जनाइएको छ ।

गत नोभेम्बरमा पनि कार्टरको मस्तिष्क श्राव भएको भन्दै शल्यक्रिया गरिएको थियो । उनी अमेरिकाका ३९औं राष्ट्रपति हुन । उनको कार्यकालमा ४० वर्षअघि अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्ध सुधार भएको थियो ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्