Logo

प्रधानमन्त्रीलाई नीको भएपछि किड्नी प्रत्यारोपणबारे निष्कर्षमा पुगिनेछ- डा. राजन भट्टराई 



काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समययता निकै नजिक रहेर काम गर्दै आएका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे खुलासा गरेका छन् । उनीसँग यसै विषयमा एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्रीको स्वास्थ्यमा व्यापक सुधार आएको हो ?
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रै हुँदै गइरहेको छ । डाक्टरहरु केही समय बस्नुपर्छ भन्नुभएको । अब निकट दिनमै उहाँ अस्पतालबाट बाहिरिनुहुन्छ ।
अब कति दिन लाग्ला उहाँलाई स्पतालबाट बाहिरिन ?
मेरो विचारमा धेरै दिन लाग्दैन । अब म मेडिकल डाक्टर नभएकाले यति नै भन्ने अवस्था भएन ।
तपाईं त डाक्टरहरुसँग कुराकानी गरिरहनु भएको छ नि ?
कुराकानीको क्रममा उहाँहरुले छिट्टै नै हुन्छ भन्नुभएको छ ।
अब केही दिनबाटै प्रधानमन्त्री दैनिक काममा लाग्नुहुन्छ त ?
हो अब छिट्टै आफ्नो दैनिक कार्यमा फर्कनुहुन्छ ।
प्रधानमन्त्रीले अहिले अस्पतालबाटै देश र दल दुवै चलाउँदै हुनुहुन्छ हो ?
स्वभाविक रुपमा हामी मानव हौं । कुनै पनि बेला रोग लाग्न सक्छ । बिरामी सबैलाई हुने कुरा हो, यो प्रकृतिको नियम हो, त्यहाँभन्दा बाहिर कोही पनि छैनौं । अचनाक भएको विमारको एकदमै सफलतापूर्वक उपचार भयो । उहाँ सहज ढंगले आराम गरिरहनुभएको छ । उहाँका स्वास्थ्यलाई लिएर अनेकखालका अफबाहहरु बाहिर आउन थालेपछि प्रधानमन्त्री स्वयमले भिडियो सन्देश पनि पठाउनुभएको छ ।
प्रधानमन्त्रीले आफ्नो बारेमा भिडियो सन्देश दिनुभएको छ, तैपनि सरकार चलाउनु छ, उहाँ त देशको कार्यकारी हो सरकार कसरी चल्छ ?
सरकार त आफ्ना आफ्ना मन्त्रालयका मन्त्रीहरुले चलाइरहेका छन् । नवनियुक्त मन्त्रीहरुले पनि तदारुकताका साथ काम गर्न थाल्नुभएको छ । दैनिक कामकारबाहीका रुटिङ अनुसार काम भइराखेका छन् । केबल क्याबिनेट बस्न सकेको छैन ।
उपप्रधानमन्त्रीले क्याबिनेट डाक्न सक्ने अवस्था नेपालको संविधान छैन ?
अहिले नै त्यो अवस्था आएको छैन । आएको खण्डमा सोच्ने कुरा हो ।
क्याबिनेट राखिरहनु पर्ने अवस्था तत्काल छैन ?
काम गर्ने निर्णय नै अड्किएको स्थिति छैन ।
क्याबिनेट नबस्दा कुनै पनि समस्या परेको छैन ?
छैन । प्रधानमन्त्री स्वस्थ भएको भए केही रेगुलर मिटिङहरु बस्थे होलान् । अहिले त्यस्तो अवस्था छैन ।
नेताहरुसँग प्रधानमन्त्री भट भएको छ ?
अहिलेसम्म राष्ट्रपति, पार्टी पुप्पकमल दाहाल, रे केही सेलेक्टिभ मन्त्रीहरुले भेट्नुभएको छ । त्यसपछि उहाँको परिवार बाहेक अरुसँग भेट भएको छैन ।
अन्य नेताहरुले भेट्नपाउनु भएको छैन ?
छैन । किन भने प्रधानमन्त्रीको अप्रेसन पछि संक्रमणको डर भएकाले भेटलाई डाक्टरहरु पर राख्नुभएको हो ।
माधव नेपाल र झलनाथले किन प्रधानमन्त्रीलाई भेट्न चाहेनन् ?
उहाँहरु बाहिर हुनुहुन्थ्यो हो । अथवा उहाँहरुको केही सन्दर्भ मिलेको छैन होला । त्यसलाई अन्यथा लिनुपर्छ जस्तो लाग्दैन ।
उहाँहरु आजसम्म अस्पताल पुग्नुनै भएको छैन ?
त्यो विषयमा मलाई ठ्याक्कै जानकारी भएन । म नएको बेलामा पुग्नुभएको पनि हुन सक्छ ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग परामर्श गरेर सचिवालय बैठक राख्न लाग्नुभएको हो ?
प्रधानमन्त्रीसँग पनि उहाँको भेटघाट भएको छ । पहिलाको निर्णयको आधारमा पनि उहाँले सचिवालय बैठक राख्नलाग्नु भएको हो ।
सचिवालय बैठकलाई निर्णय गर्ने अधिकार छ ?
पहिला प्रधानमन्त्री सिंगापुर गएको बेलामा पनि महत्वपूर्ण निर्णयहरु भएका छन् ।
पार्टी चलाउने जिम्मा प्रचण्डले पाउनुभएको हो ?
यसलाई त्यसरी पनि नबुझौ । यहाँ सहजतालाई असहजतातिर कसरी लाने भनेर बाहिरी वातावरण बनाइँदै छ । हाम्रो पार्टीका दुई अध्यक्ष हो, त्यसमा केपी ओली प्रथम र अर्का अध्यक्ष द्वितीय हुन् । पछिल्लो समय बैठकको लागि दुई जना अनिवार्य नगरौं एकजना अध्यक्ष हुँदा पनि निर्णयहरु हुने गरौं भनेर त्यो समझदारी भएको हो । त्यही समझदारीका आधारमा अर्का अध्यक्षले बैठक बोलाउनुभएको छ ।
पार्टीको कार्यकारी अधिकार त केपी शर्मा ओलीसँगै छ होइन ?
दुवै जनासँग पार्टीको कार्यकारी अधिकार । किन भने हामी दुई जना अध्यक्ष भने पछि त्यो भएन ? समझदारीको आधारमा उहाँहरु दुवै पार्टीलाई अगाडि बढाउने हो ।
प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणको गृहकार्य भइराखेको छ, स्वदेशमा कि विदेशमा गर्ने ?
त्यसको बारेमा कुनै निश्कर्ष भइसकेको छैन । पहिला उहाँ अहिलेको अवस्था नीको भएर आएपछि बसेर छलफल गरेर टुंगो लाग्ने कुरा हो ।
प्रधानमन्त्रीले नेपालमै गर्ने भन्नुभयो रे नि ?
हामी मेडिकल डाक्टर होइन । त्यसैले यसमा विषयविज्ञहरुको सल्लाह र प्रधानमन्त्री अनि उहाँका परिवारको कुरा हो । कहाँ गर्ने के गर्ने भन्ने कुरा ।
प्रधानमन्त्री त कार्यकारी अधिकारको प्रधानमन्त्री हो नि ?
उहाँ कार्यकारी भए पनि उहाँ पनि मानव हो । उहाँका पनि परिवारहरु छन् । निर्णय गर्ने बेलामा प्रधानमन्त्रीसँग परामर्श लिनुपर्छ । तर निर्णय गर्ने कुरा विज्ञ डाक्टरहरुकै हुने छ ।
नियमित डायलासिस गर्दा प्रधानमन्त्रीलाई समस्या होला नि ?
त्यस विषयमा उहाँलाई लामो अनुभव छ । के गर्दा ठीक हुन्छ के गर्दा हुँदैन भन्ने कुरामा । उहाँ लामो समय अगाडि किड्नी फेरेको व्यक्ति हो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot